खेलकुद

एनइए कप बास्केटबल भोलिदेखि

काठमाडो । नवजीवन एजुकेसनल एकेडेमी (एनइए) को आयोजनामा छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्र्समा जम्मा ३२ टिमको सहभागिता रहने नवजीवनका प्रिन्सिपल विष्णुप्रसाद ढकालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान १२–१२ टिमले भाग लिने छन् भने सिनियर गल्र्समा ८ टिमको सहभागिता रहनेछ ।

ब्वाइज टिमलाई ४ समूह तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जानकारी दिए ।

नवजीवनका चेयरम्यान तुलसीप्रसाद सिटौला र प्रबन्ध निर्देशक बासुदेव पोखरेलले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए । आठदिने प्रतियोगिताका खेलहरु सामाखुशीस्थित आयोजककै कोर्टमा हुनेछ ।