राजनीति

अध्यक्ष महर र माहामन्त्री काफ्लेले बोलाएको दुबै बैठक बिज्ञप्तीद्वारा हस्तक्षेप, नेबिसंघको बिघटन गर्ने संकेत

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्र आन्तरिक विवाद चुलिरहेका बेला पार्टीले हस्तक्षेप गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरसँग रुष्ट बनेका माहामन्त्री कुन्दनराज काफ्ले समूह र मनोजमणि आचार्य समूहले छुट्टाछुट्टै बैठक डाकेपछि सभापति देउवाको निर्देशनमा मूख्यसचिब कृष्णचन्द्र पौडेलले नेबिसंघका कुनैपनि बैठक नराख्न उर्दि जारी गरेका छन् ।
बिहीबार एक बिज्ञप्ती जारी गर्दै उपसभापति, माहामन्त्री र सहमाहामन्त्रीसहितलाइ बोधार्थ दिएर प्रकाशित गरिएको बिज्ञप्तीमा उनले त्यस्तो भनेका हुन् ।
अध्यक्ष महरले मनोमानी ढंगले बिधानबिपरीत पदाधिकारी तथा सदस्यहरु मनोनित गरेको भन्दै आचार्य पक्षले बिरोध जनाउदै आएको थियो भने कुन्दन काफ्ले पक्ष पनि उक्त कुरामा महरसंग रुष्ट देखिन्थ्यो ।
आज २० गतेका लगी माहामन्त्री काफ्ले पक्षले बैठक बोलाएको थियो भने अध्यक्ष महर पक्षले बैसाख २८ र २९ गतेका लगी बैडक डाकेको थियो । नेबिसंघमा बिबाद देखिएपछि पार्टीले हस्तक्षेप गर्नुपर्ने बाध्यता भएके मूख्यसचिब पौडेलको दाबी छ ।
महर देउवापक्षीय हुन् भने कुन्दनराज काफ्ले कृष्णप्रसाद सिटौला पक्षीय हुन् । मनोजमणी आचार्य रामचन्द्र्र पौडेल पक्षबाट गत नेबिसंघको निर्बाचनमा अध्यक्षका प्रत्यासी थिए । महरसंग झिनो मतले हारेका आचार्यले समेत कुन्दन काफ्लेले बोलाएको नेबिसंघ बैठकलाई समर्थन गरेका थिए ।