राजनीति

गगन थापाको ठोकुवाः ओली र प्रचण्ड सिंह हुन्, एकता कुनै पनि हालतमा हुदैँन

गुल्मी । नेपाली कांग्रेशका युवा नेता गगन कुमार थापाले बामएकता हुनै नसक्ने दाबी गरेको छन् । ओली र प्रचण्डलाई सिंहको संज्ञा दिदैँ दुईटा सिंह एउटै ओढारमा बस्नै नसक्ने बताएका हुन् ।

पार्टी सुदृढीकरण अभियानमा गुल्मी पुगेका नेता थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी एकता भागबण्डाको आधारमा हुनै नसक्ने बताएका हुन् । पार्टी एकताले निराधारर हल्ला भनेका छन् । चुनाव देखि नै पार्टी एकताको हल्ला चलाईए पनि अन्तिम समयमा भागबण्डमा आएर कुरो अड्किने नेता थापाको भनाई छ ।

नेता थापाले पार्टी एकताबारे अरुलाई दोष दिनु लज्जाको् बिषय भएको समेत टिप्पणी गरे । पार्टी एकताबारे शुुभकामना दिदैँ नेता थापाले सरकारले जनता र देश विपरित काम गरे खबरदारी गर्ने बताएका छन् ।