आर्थिक

सिभिल ट्याब बैंकिङ सुरु

काठमाडौं । सिभिल बैंकले “घरमै बसि बसि बैंकिङ्ग खुशी खुशी” भन्ने नाराका साथ बुधबार सिभिल ट्याब बैंकिङ सेवाको सुरुवात गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै राजधानीमा आयोजित एक समारोहका बीच ट्याब बैंकिङ सेवाको सुरुवात गरिएको हो ।

नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर शिव राज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको सुरुवात गरेका छन् ।

सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैंकिङ्ग सुविधाहरु घर–दैलोमै उपलब्ध गराउने उद्देश्य अनुरुप यो सेवाको सुरुवात गरिएको कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । सहजै खाता खोल्न र आफूले चाहेकै ठाउँबाट बैंकिङ्ग सेवा सुविधाहरु लिन चाहने धेरै भन्दा धेरै ग्राहकहरु यस सेवाबाट लाभान्वित हुने कुरामा विश्वस्त भएको उनकोे भनाई थियो ।

लेसिभिल ट्याब बैंकिङसेवा लिन चाहने ग्राहकहरुले आफ्नो घर, अफिस वा आफूले चाहेकै स्थानमाझन्झट रहित तरिकाले खाता खोल्न, चेक डिपोजिट गर्न तथा अन्य बैंकिङ्ग सुविधाहरु लिन सकिनेछ ।

सिभिल बैंकले हालसम्म रु.३६.९६ अर्व निक्षेप परिचालन गरिसकेको छ भने रु.३६.२८ अर्व कर्जा लगानी गरेको छ ।

हाल बैंकको कुल शाखा संख्या ६० पुगेकोे बैंकले जनाएको छ ।