देश

भारतीय एयर फोर्सको हेलिकोप्टर बुधबार बाह्रबिघा मैदानमा, मोदी गाडीमै जानकी मन्दिर जाने

काठमाडौं । भारतीय एयर फोर्सको हेलिकोप्टर बुधबार बाह्रबिघा मैदानमा अवतरण गरेको छ ।

जेडपी ५११९ हेलिकोप्टर पूर्वाभ्यासका लागि आएको हो । मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै छन् ।

भ्रमणका बेला तीन हेलिकोप्टर अवतरणका विषयमा अभ्यास गरिएको हेलिकोप्टरका पाइलटले सुझाबसमेत दिएका छन् । उनले नेपाली अधिकारीलाई ३० देखि ४० मिटरको दूरीमा हेलिप्याड बनाउन सुझाब दिएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार प्रदेश २ सरकारले भने मोदीको हेलिकोप्टर जनकपुर विमानस्थलमा अवतरण गराउन भारतीय पक्षलाई आग्रह गरेको छ । बाह्रबिघामा बालुवा–गिट्टी बढी भएकाले हिँड्न समस्या हुन सक्ने भन्दै यस्तो आग्रह गरेको स्रोतले जनायो ।

मोदी गाडीमै जानकी मन्दिर जाने

मोदी बाह्रबिघा मैदानबाट गाडीमै जानकी मन्दिर जाने भारतीय अधिकारीले नेपाली अधिकारीलाई जानकारी दिएका छन् । तर, नेपाली पक्षले गाडी र पैदल दुवै विकल्प राख्ने गरी तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हेलिकोप्टर भने बाह्रबिघाबाहेक स्थानमा अवतरणको व्यवस्था मिलाउने प्रदेश सरकारको तयारी छ । –नयाँ पत्रिका दैनिकबाट