खेलकुद

लैनचौर डोजो टिम च्याम्पियन

काठमाडौँ । आयोजक लैनचौर डोजो पाँचौँ जिपी कोइराला स्मृति खुला कराते प्रतियोगिताको सिनियरमा टिम च्याम्पियन बनेको छ ।

लैनचौरले ९ स्वर्ण, ६ रजत र १६ कांस्यपदक हात पार्दै टिम च्याम्पियन बनेको लैनचौर डोजोका प्रमुख रामकुमार थारुले जानकारी दिए । प्रतियोगितामा बालबाटिका दोस्रो भयो । उसले ५ स्वर्ण, ३ रजत र ४ कांस्यपदक हात पा¥यो । त्यस्तै, २ स्वर्ण, ४ रजत र ५ कांस्यपदक जितेको काभ्रेले तेस्रो स्थानमा चित्त बुझायो ।

जुनियरमा टिम च्याम्पियन बनेको न्यू लिराले १३ स्वर्ण, ८ रजत र २२ कांस्य प्राप्त ग¥यो । बाग्लुङ डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेतलगायतले एक कार्यक्रममा पुरस्कार प्रदान गरे ।

त्यसअघि प्रतियोगिताको नेता प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रतियोगितामा सिनियर र जुनियरमा गरी ४५ स्पर्धामा ३७३ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएका छन् ।