आर्थिक

जुट मिल्सका शेयरधनीलाई भ्रममा नपर्न आग्रह

काठमाडौँ । विराटनगर जुट मिल्स लिमिटेडको विशेष साधारणसभा बोलाइएको सूचनाप्रति अध्यक्ष वसन्त वनले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

पदमा बहाल नरहेका प्रबन्ध सञ्चालक निलहरि काफ्लेको हवाला दिँदै विशेष साधारणसभा आह्वान भएपछि अध्यक्ष वनले बुधबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाए । वैशाख १३ गतेदेखि नै पदमा नरहेका काफ्लेले साधारणसभा आह्वान गरेका थिए ।

“अवकाश भइसकेको व्यक्तिले अधिकार क्षेत्र बाहिर गएर आह्वान गरेको विशेष साधारणसभा गैरकानूनी हुने भएकाले सूचनाबमोजिमको विशेष साधारणसभा नरहेको र यसप्रति कुनै पनि शेयरधनीलाई भ्रममा नपर्न अनुरोध गर्दछु”–अध्यक्ष वनले विज्ञप्तिमा भनेका छन् ।