पु.समाचार

पूर्वप्रधानन्यायाधीश कार्कीको मुद्दामा एमिकस क्युरी मगाउने

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगसम्बन्धी मुद्दामा ‘एमिकस क्युरी’ (अदालतको सहयोगी) मगाउने आदेश जारी गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले आज एमिकस क्युरी झिकाउने आदेश जारी गरेको हो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता गराइएको महाअभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता सुनीलरञ्जन सिंहले रिट निवेदन दायर गरेका थिए। तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवाललाई प्रहरी महानिरीक्षकमा बढुवा विवादको विषयलाई लिएर संसद्मा महाअभियोगको मुद्दा दर्ता भएको थियो । सोहीविरुद्ध रिट निवेदन दर्ता गरिएको थियो ।

सो निवेदनमाथिको सुनुवाइमा न्यायाधीश चोलेन्द्र शम्शेर जबराले अन्तरिम आदेश जारी गरेका थिए । सोही मुद्दामा आज एमिकस क्युरी मगाउने आदेश जारी गरेको हो ।