आर्थिक

अब प्रभु बैंकको शाखा विहादीमा

काठमाडौं । प्रभु बैंकले शाखा विस्तार गरेको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले पर्वतको विहादी गाउँपालिकामा नयाँ शखा सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । शाखा बुधबारबाट सञ्चालनमा आएको छ ।