पु.समाचार

सुनकाण्ड: एसएसपीले अनलाईन खबरका पत्रकारमाथि अदालतभित्रै लात्ती बजारे

काठमाडौं । बुधबार दिउसो साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले दिवेश लोहनीले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । उनले अनलाईन खबरका विराटनगर संवाददातालाई लात्ती प्रहार गरेका हुन् ।

मोरङ जिल्ला अदालत परिसरभित्रै अनलाईनखबरका सञ्चाकर्मीलाई लात्ती हानेको बताईएको छ । अभियुक्तहरुको तस्वीर लिन खोज्दा लोहनीले पत्रकारको क्यामरामा लात्ती बजारेका थिए ।

उनी महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन् ।

यो पनि पढ्नुस्ः-

 प्रहरीको छवि र विश्वशनीयतामाथि गम्भीर प्रश्न 

सुन काण्डमा मुछिएका एसएसपी लोहनी पक्राउ