समाचार

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश जोशीको ध्यानाकर्षण

काठमाडौँ । सर्वोच्च अदालत विभागीय आधिकारिक टे«ड युनियनले संवैधानिक निकायबाट हुने सरुवा बढुवालगायतका काम कारवाही निश्चित मापदण्ड बनाएर गर्न कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

टे«ड युयिनयका उपाध्यक्ष दलबहादुर बजिमय, सचिव हरि भट्टराईसहितको टोलीले आज कामु प्रधानन्यायाधीश जोशीलाई बुझाएको ध्यानाकर्षणपत्रमा पदपूर्ति, सरुवा, पदस्थापन, स्वदेश÷विदेश अध्ययन, अवलोकन भ्रमण, तालीम जस्ता काम कारवाही क्यालेन्डर तथा निश्चित मापदण्ड बनाएर गर्नुपर्ने उल्लेख छ ।

कुनै मापदण्डबिना मनोमानी ढंगले यस्ता क्रियाकलाप गर्ने परम्पराको अन्त्य गर्दै अबका दिनमा पारदर्शी एवं कानूनसम्मत बनाउन ट्रेड युनियनले माग गरेको छ ।

कामु प्रधानन्यायाधीश जोशीले मागलाई आफूले गम्भीरतापूर्वक लिएको जानकारी दिँदै आगामी दिन निश्चित मापदण्ड बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।