उर्जा

राति मोबाइल चार्जमा राखेर सुत्ने बानि छ ? यो पढ्नुहोस्

काठमाडौं । रातभरी मोबाईल चार्ज गर्दा कतै ब्याट्री बिग्रिने त होईन भनेर पक्कै पनि तपाईँले कैले न कैले सोचेको वा सुनेको हुनुपर्छ। हामी सबैलाई विहान उठ्ने वित्तिकै मोबाईल फूल चार्ज भएको हेर्न मन लाग्छ ।

तर रातभरी मोबाईल चार्ज गर्दा ब्याट्रीको आयु घट्ने डरले कतिपयले मन भई भई पनि राती चार्ज गर्दैनम्। गरेपनि ब्याट्री ओभरचार्ज हुने डरले राती आदा निन्द्रोमा चार्जर डिस्कनेक्ट गर्छौ । सत्य के हो त हेरौ ।

आधुनिक स्मार्टफोन तथा ट्याब्लेटहरुमा प्रयोग हुने ब्याट्री लिथियम(आयन ब्याट्री हो । त्यस भित्र एक प्रकारको सर्किट हुन्छ जसले ब्याट्री फूल चार्ज भएपछि आफै पावर बन्द गर्दिन्छ । तपाईँहरूले नी याद गर्नु भको होला मोबाईल चार्ज गर्दा पहिले लगभग ८० प्रतिशत सम्म चार्ज एकदम छिटो हुन्छ भने पछि ढिलो हुन्छ, यो त्यहीँ स्मार्ट सर्किटको कारणले गर्दा थप चार्ज हुन नदेको हो। यसरी तपाईँले जतिबेर फोन चार्जमा राखेपनि ब्याट्री कहिले ओभरचार्ज हुन्न ।

अब तपाईँलाई प्रष्ट थाहा भयो यो बारे। आफ्ना साथीभाईलाई नी सेयर गर्नुहोस् । अब विना चिन्ता रातभरी फोन चार्जमा राखी आनन्दले सुत्नुहोस् । -एजेन्सी