कृषि

भारी बोकेर मासिक १ लाख कमाउने ७२ वर्षीय गोथेलाई सम्मान

खोटाङ । भारी बोकेर मासिक एक लाखभन्दा बढी कमाई गर्ने खोटाङका ७२ वर्षीय गोथे भनिने नरबहादुर गुरुङलाई सम्मान गरिएको छ ।

दिक्तेलबजार तथा आसपासका व्यापारी र स्थानीयवासीको भारी ओसारपसार गरेर अपत्यारिलो कमाई गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका गुरुङलाई १२९ औँ मजदुर दिवसको अवसरमा सम्मान गरिएको हो ।

वृद्घ गुरुङलाई नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती० र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

प्रदेशसभा सदस्य उषाकला राई, पूर्वसभासद् दुर्गाजयन्ती राई र जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले संयुक्त रुपमा रु एक हजार नगदसहित नेपाली टोपी ओढाएरउनलाई सम्मान गरे ।

लामो समयदेखि जिल्लावासीको समान तथा भारी ओसारपसार गरी सेवा दिने गुरुङको श्रमलाई विशेष अवसर पारेर सम्मान गरिएको जिफण्टका जिल्ला सचिव प्रकाश पोखरेलले बताए ।

हरेक समय समान ओसारपसारमै व्यस्त देखिने गुरुङ आफ्नो दुई छोरासहित दिक्तेलबजारमै बसोबास गर्दै आएका छन् । श्रीमतीले छोरा र श्रीमान्लाई छाडेर अर्कैसँग पोइल गएपछि दुवै छोरालाई गोथे आफैँले पालनपोषण तथा शिक्षादीक्षा दिइरहेका छन् ।

सोही अवसरमा दिक्तेलबजारमै भारी बोकेर घरपरिवार चलाउँदै आएका राजन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो