साहित्य

लोकगायक जोशीलाई रु एक लाख राशिको सम्मान

दमक । वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) यहाँ सम्मानित भएका छन् । लोक संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत जोशीलाई रु एक लाख राशिको नगर प्रमुख सम्मान प्रदान गरिएको हो ।

दमक–१ मा स्थायी बसोबास गरी आउनुभएका जोशी छ दशकभन्दा बढीदेखि गीत संगीत, कलाकारिताका क्षेत्रमा क्रियाशील छन् । उनका ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता कयौँ गीत चर्चित छन् ।

दमक नगरपालिकाले आज यहाँ एक कार्यक्रम सो सम्मान प्रदान गरेको हो । सो सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले जोशीलाई हस्तान्तरण गरेका थिए । त्यस अवसरमा प्रम ओलीले लोकगीत, संस्कृतिका अग्रजहरु राष्ट्रका सम्पत्ति भएकाले त्यस्ता प्रतिभालाई हरेक क्षेत्रले प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

सम्मान कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कला संस्कृतिको सम्वृद्धिमा प्रदेश सरकारले पनि सहयोग गर्ने बताए ।