काठमाडौं । थाइल्याण्डको एउटा ठगलाई ६ हजार ६ सय ३७ बर्ष जेल सजाय सुनाईएको छ । अदालतले ठगीमा संलग्न उक्त व्यक्तीलाई हदैसम्मको जेल सजाय सुनाएको हो ।
३४ वर्षीय पुडित कितिथार्दिलोक पोन्जी नाम गरेका ती व्यक्तीलाई अदालतले सुरुमा उन्लाई १३ हजार २ सय ७५ वर्षभन्दा बढी जेल सजाय सुनाएपनि ती व्यक्तिले गल्ति स्वीकार गरेकाले उन्को जेल सजाय ६ हजार ६ सय ३७ वर्षमा झारेको थियो ।
लगानीकर्तालाई कृत्रिम रुपमा उच्च प्रतिफल दिने वाचा गर्दै ठगेको आरोपको पुष्टि भएको छ ।
आफ्ना कम्पनीहरुमा उनले करिब ४० हजार मानिसलाई फकाएर १६ करोड डलरभन्दा बढी लगानी गर्न लगाएको अधिकारीले वताएका छन् ।
अदालतले उनलाई गैरकानूनी रुपमा कर्जा प्रवाह र २,६५३ वटा ठगीका घटनामा संलग्न रहेको पाइएको जनाएको छ । -एजेन्सी