समाचार

युवालाई उद्यमी बनाउँदै राष्ट्रिय युवा परिषद्

काठमाडौँ । राष्ट्रिय युवा परिषद् नेपालले गाउँ÷गाउँका युवालाई उद्यमी बनाउन सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बन्दै आएको छ ।
अघिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले छुट्याएको रु ३२ करोड रकम ‘ग्रामीण युवा उद्यम कार्यक्रम’ सञ्चालन गरेर गाउँ/गाउँमा युवालाई उद्यमी बनाउने अभियान शुरु गरेको थियो ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल अनुसार रु ३२ करोडले २०१ युवाको हातमा उद्यमशीलताका लागि पैसा पुगेको छ । त्यसबाट युवाहरुले आ–आफ्नो क्षेत्रमा सकिने उद्योग सञ्चालन गरिरहेका छन् ।

“युवालाई उद्यमी बनाएर बोरोजगारीको भारबाट राज्यलाई मुक्त बनाउँदै लैजानुपर्छ, युवालाई अनुदान हैन ऋण दिनुपर्छ, धितोका लागि शैक्षिक प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र राखेर ऋण उपलब्ध गराउनुपर्छ भन्ने योजनाका साथ काम भइरहेको छ”–उनले थपे ।

राज्यको लगानी राज्यलाई फिर्ता गर्ने गरी युवालाई उद्यममा प्रोत्साहन गर्ने परिषद्को योजना छ । आगामी आर्थिक वर्षमा १६५ निर्वाचन क्षेत्रमा युवा उद्यमशीलता कार्यक्रम लैजाने तयारीे छ । प्रभावकारी रुपमा युवा उद्यम सञ्चालन गरेपछि निरन्तरता दिएर पाँच वर्षसम्म अघि बढाएपछि सरकारले थप बजेट छुट्याउन नपर्ने गरी उद्यम सञ्चालन गर्ने योजनाअनुरुप परिषद्ले काम अघि बढाएको हो ।

उपाध्यक्ष ढुंगेलले जोडे, “प्रत्येक वर्ष बजेट दिने र बाँड्न जस्ले पनि गर्नसक्छ, तर त्यो रकम ल्याएर कोष खडा गर्छौ, राष्ट्रको विकासका लागि कोढेढुंगाको रुपमा युवा उद्यम कार्यक्रम सञ्चालन गर्छौ ।”

परिषद्ले युवा संसद्, युवा क्बललाई बहुउद्देश्यीय तरिकाले अगाडि बढाउने तयारी गरेको छ । स्थानीय तहअनुसार ६७३ वटा क्लब बनाएर स्थानीय तहको विकासमा सहयोग पुग्ने गरी स्थापना गर्ने तयारी परिषद्को छ ।
‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन हुने सो क्षेत्रमा विकास निर्माणका काम गर्नसक्ने तरिकाले १२ हजार ५०० शैक्षिक संस्थामा युवा विद्यार्थी क्लब स्थापना गर्ने योजना परिषद्को छ ।

“एक शैक्षिक संस्था : एक उद्यम सञ्चालन गर्ने, उद्यमका लागि ५० प्रतिशत रकम विद्यार्थी स्वयमले वार्षिक रुपमा बास्केट फण्ट सञ्चालन गर्ने र सरकारले ५० प्रतिशत रकम उपलब्ध गराउने गरी शैक्षिक संस्था सुधार केन्द्रको रुपमा विकास गर्ने योजना छ”–उपाध्यक्ष ढुंगेलले बताए ।

परिषद्ले शैक्षिक संस्थाको झ्यालबाट विद्यार्थीले आप्mनो उद्यम हेर्न र चलाउने खालको होस् र उसले जीवन त्यही देखोस् भन्ने उद्देश्यले काम गर्ने तयारी गरेको छ ।

परिषद्का अनुसार गाउँ संसद्, नगर संसद् तयार गर्ने र नयाँ पुस्ताको भूमिका र युवाको अधिकार र दायित्वका बारेमा सबैलाई सुनाउने कार्यक्रम पनि तय गरेको छ । नयाँ र पुराना पुस्ताबीचमा गाउँकोे विकास हुन्छ । गाउँपालिका र नगरपालिकाकाले काम गर्नसक्छ । परिषद्ले त्यही नमूनाअनुसार प्रदेश र केन्द्रमा पनि काम अघि बढाउने योजना अघि बढाएको छ ।

नेपालमा युवाको विषयलाई समेटने खालको संस्था नभएको हुनाले सरकारले २०७२ साल फागुन १९ गते युवा तथा खेलकुदमन्त्री अध्यक्ष हुने गरी कार्यकारी उपाध्यक्ष नियुक्ति गरेर युवा परिषद् शुरु गरेको हो ।

सरकारले बनाएको युवा नीति, २०७२ र युथ भिजन,२०२५ लाई कार्यान्वयन गर्ने उद्देश्य ऐन निर्माण गरेर परिषद् स्थापना गरेको हो । शिक्षाको गुणस्तर र व्यवसायिता, युवा उद्यमशीलता र रोजगारी र सीप विकास, युवा नेतृत्व विकास र सहभागिता, युवा स्वास्थ्य र सामाजिक सुरक्षा, युवाका लागि खेलकूद र मनोरञ्जन प्रदान गर्ने काम परिषद्ले गर्दछ ।