प्रवास

विप्लबलाई भारतमा झट्का, राईलाई लाग्यो हतकडी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेता भारतको कोलकोताबाट पक्राउ परेका छन् । कोलकाताको स्पेसल टास्क फोर्सले मोरङ घर भएका ६० वर्षीय सुरेश कुमार राई उर्फ सागर राईलाई को भारतको राजधानीबाट पक्राउ गएिको हो ।

भारतीय पत्रिका ‘दि इकोनोमिक टाइम्स’का अनुसार उनलाई भारतीय दूतावासमा गराइएको विस्फोटको मास्टरमाइन्ड भएको आरोप लागेको छ ।

एसटिएफका नाम नखुलाइएका एक वरिष्ठ अधिकारीलाई उद्‍धृत गर्दै राईले आफ्नो पार्टीले नेपालस्थित भारतीय चासोका विभिन्न ठाउँमा आक्रमण गर्ने योजना बनाएको स्वीकारेको उल्लेख छ