स्वास्थ्य

अस्पताल पुगेर प्रचण्डले लिए डा. देवकोटाको स्वास्थ्य स्थितीबारे जानकारी

काठमाडौं । मंगलबार नेपाल ल्याईएका वरिष्ठ न्यरो सर्जन उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन् । राजधानीको बाँसबारीस्थित न्यूरो अस्पतालमा पुगेर दाहालले देवकोटाको स्वास्थ्यअवस्थाबारे जानकारी द्लिएका हुन् ।

अस्पताल प्रशासनका अनुसार दाहालले डा. देवकोटाको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया लगायत बिषयमा जानकारी लिएका छन् ।

देवकोटाको स्वास्थ्यस्थिती सामान्य रहेको अस्पतालले बताएको छ ।

बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा गरेपछि नेपाल ल्याइएको हो । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि डा. देवकोटा उपचारका लागि श्रीमती डा. मधु दीक्षितसहित ५ महिनाअघि बेलायत पुगेका थिए ।