राजनीति

कुन्दन काफ्लेले डाकेको बैठकमा मनोजमणि समूहको समर्थन, अध्यक्ष महर विरुद्ध उत्रने

काठमाडौं । नेपाली विद्यार्थी संघका महामन्त्री कुन्दन राज काफ्लेले बोलाएको बैठकमा मनोजमणि आचार्य समूहले समर्थन जनाउने भएको छ । बैशाख २० गते अर्थात बिहिबार नेपाली कांगेश निकट बिद्यार्थी संगठन महामन्त्रीले बैठक बोलाएको हो ।

११ औ महाधिवेशनबाट विजयी भएका सो समूहका सबै पदाधिकारी केन्द्रीय समितिको बैठकमा उपस्थित भई केन्द्रिय अध्यक्ष नैन सिंह महरको पार्टी विधान विपरित कदमको विरुद्ध एकमुठ्ठी हुने बताईएको छ ।

अध्यक्ष महरको स्वैच्छाधारी निर्णय र गैर बैधानिक कदमको विरुद्धमा एकताबद्ध भई उभिने तयारी रहेको मनोजमनि समूहका पदाधिकारीको भनाई छ ।

विजयी भएका निर्वाचनमा पराजित उम्मेद्बार हरुलाइ कार्यकारी पदमा र कसैलाइ सोही पदमा मोनोनित गरेर अध्यक्षले निर्वाचनको म्यानडेड लत्याएको ११ औ महाधिवेशनका महामन्त्रीका प्रत्यासी दिपक भट्टराईले बताए ।

त्यस्तै, महाधिवेशनमा छुट्टाछुट्टै प्रतिस्पर्धा गरेका शक्ति नेतृत्वका मनपरीतन्त्रका बिरुद्ध एकत्रित भएको अर्का महामन्त्रीका प्रत्यासी हिमाल दत्त श्रेष्ठलको भनाई छ ।