समाचार

देउवाले मुख्यमन्त्री भट्टलाई दिए यस्ता ६ सुझाव !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांगेश सभापती शेरबहादुर देउवा र प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ । प्रदेश नंं ७ को भ्रमणमा रहेका देउवालाई भेट्न मुख्यमन्त्री भट्ट देउवा निवास पुगेका हुन् ।

भेटवार्ताका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले मुख्यमन्त्री भट्टलाई ५ वटा सुझाव दिएका छन् । देउवा र भट्टबीच विकासका दृष्टीकोणले पछाडी परेको ७ नं. प्रदेशको विकास र समृद्धिका बिषयमा छलफल भएको छ । मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीका अनुसार देउवाले आफू प्रदेशकै बासिन्दा भएकाले विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यी हुन् देउवाले मुख्यमन्त्री भट्टलाई दिएका पाँच सुझाब
१. सहमतिः अधिकतम सहमति कायम गरेर काम गर्न
२. तिक्तताः प्रदेशमा दलहरूबीच तिक्तता आउने वातावरण सिर्जना नगर्न
३. राजधानी र नामकरणः प्रदेश ७ को राजधानी र नामकरण गर्दा छलफल गरेर दलहरूबीचको सहमतिमै टुंगो लगाउन, त्यसको टुंगो छिटो लगाउनुपर्नेमा जोड थियो
४. बहुमत र अल्पमतः बहुमत र अल्पमतमा नअल्झिन
५. एकजुटः प्रदेशको विकासका लागि सबै दललाई एकजुट पार्न, दलहरू एकजुट नहुँदा प्रदेशको विकास नभएको देउवाको जिकिर