देश

मरण पार्टी प्यालेसमा गोप्य सूचनाको आधारमा प्रहरी पुग्दा…

काठमाडौं । राजधानीको एक पार्टी प्यालेसबाट जुवाडे पक्राउ परेका छन् । बुधबार टोखा न.पा ११ मरण पार्टी प्यालेसमा जुवा खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएका प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा जुवाको खालबाट ३ बुक तास र नगद ७५ हजार ६ सय १० बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जानकारी दिएको छ ।