मनोरञ्जन

सुजाताको दर्दनाक अनुभव: फिल्ममा खेलाउन निर्देशक निर्माताहरुले मोडेल माथि यस्तो सम्म गर्छन् !

काठमाडौं । भारतका स–साना गाउँ तथा सहरबाट हजारौ युवायुवती मोडेल बन्ने सुनौलो सपना सजाएर भारतको दोस्रो राजधानी मानिने सहर मुम्बई छिर्छन् । उनीहरु मोडेलको सपनाको पुन्तुरो बोकेर यो सहर छिरेका हुन्छन् ।

यहाँ पुगेर युवाहरु भन्दा युवतीहरु बढी समस्यामा पर्ने परेको तथ्य प्रकाशमा आएको हो । युवतीहरु माथि फिल्म निर्देशक तथा निर्माताहरुले नै गिद्धे नजर लगाउने गरेको तथ्य बिबिसीले प्रकाशमा ल्याएको हो ।

मोडेल हुदैँ हिरोईन बन्ने सपना बुनेका युवतीहरु माथि चलचित्र निमार्ता तथा निर्देशकहरुबाट चरम यौन शोषण हुने गरेका समाचार सामान्य बन्न थालेका छन् । हालै बिबिससँगको कुराकानीमा यस्तै अपराधको सिकार बनेका मोडेल देखि लिएर अभिनेत्रीहरुसम्मले बताएकी छन् । ६ बर्ष पहिले सुजाता(परिवर्तीत नाम) गरेकी युवती घरको रुढीवादी सोच त्यागी घरबाट अनुमती लिएर मुम्बई छिरिन् । त्यस समय सुजाताको उमेर १९ बर्षको थियो, गाउँबाट भर्खर भर्खर सहर पसेकाले राम्ररी अभिनय पनि आउदैँन्थ्यो र चलचित्र क्षेत्रमा चिनजानका मान्छे कोही थिएन् ।

बिस्तारै सुजाताको भेट यो क्षेत्रमा प्रवेश गराउन पुलको काम गर्ने हुन थाल्यो । यस्तै क्रममा एक फिल्मी एजेन्टले एकदिन आफ्नो अपार्टमेन्ट आउन भने । सुजाताले यसलाई सकारात्मक रुपमा सोचिन् किनकी अपार्टमेन्टमा आम सर्वसाधारणको भिड हुन्थ्यो । तर भयो सोचेभन्दा ठिक विपरित अर्थात सुजातामा जे भयो त्यो असह्य थियो ।

सुजाताले त्यो दिन भोगेको त्यो दर्दनाक पिडा यसरी सुनाउछीन्, उसले मलाई त्यहाँ छोए, जहाँ त्यो छुन चाहान्थ्यो त्यसपछि उसले मैले लगाएको लुगाको भित्र हात छिराए त्यसपछि म ठूलो स्वरमा रोए ।

जब सुजाताले ती एजेन्टको यो गिद्धदृष्टिको प्रस्तावलाई ठाडै अस्वीकार गरिन् त्यसपछि ती एजेन्टले उनलाई भने, तिम्रो फिल्मी क्षेत्रप्रतिको एटीच्युड राम्रो छैन् । बिबिसीसँग सुजाताले यो पनि खुलासा गरेकी छन्, उनीले धेरैपटक अभिनयको मौका पाए बापत यौन शोषणको सामना गर्नुले माथिको घटनाको पुष्टि हुन्छ ।

उनले प्रहरीको ढोका पनि ढकढक्याईन्, प्रहरीसँग न्याय माग्दै प्रहरीले उल्टै भन्यो, फिल्म उद्योगका मान्छे जे चाहियो त्यही गर्न सक्छन् ।
सुजाता यो मान्छिन् कि अभिनत्रीहरु जोकोहीले पनि अभिनय क्षेत्रमा आउनका लागि यौन शोषणको सामना गर्नुपर्छ भन्दा आफ्नो प्रचार गर्नको लागि यस्तो भनिएको हो भन्ने आरोप लाग्छ जसले अभिनेत्रीहरुको छवि खराब हुन्छ ।

त्यसो त, केही मानिसहरु भारतीय फिल्म उद्योगमा रोल गर्नको सट्टामा यौन फेवर मागिनु सामान्य कुरा भईसकेको छ ।