खेलकुद

नवजागृति क्लबको ४० औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । नवजागृति युवा क्लब, कामपा वडा नं १५, डल्लुको ४० औँ वार्षिकोत्सवको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिता २०७४ का विजेता खेलाडीहरुलाई मंगलबार सांसद जीवनराम श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
सो अवसरमा उनले स्वस्थ र निरोगी रहन सबैले खेलकूदलाई अपनाउनुपर्ने सुझाव दिँदै आफ्नो गतिविधिलाई निरन्तरता दिन क्लबका पदाधिकारीहरुसँग आग्रह गरे ।
प्रतियोगितामा इन्टरनेशनल क्लब, कुमारी क्लब, स्वय्म्भू क्लब, पासा पुचः क्लब र नवजागृति क्लबका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
क्लबका अध्यक्ष मधुसूदन मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भूतपूर्व ब्याडमिन्टन खेलाडीहरु प्रकाश उदय, महेन्द्रलाल श्रेष्ठ र शान्ति मानन्धर अतिथिका रुपमा उपस्थित थिए ।