पर्यटन/संस्कृति

राजदेवी पञ्चावती माइको पूजा सम्पन्न

लहान । सिरहा लहान–१५, ढोढना वीरनगरस्थित पहाडको काखमा रहेको राजदेवी पञ्चावती माईको सोमबार पूजाअर्चना भव्यताका साथ सम्पन्न भयो ।

मन्दिरमा खसी, बोका, हाँस, परेवा र कुखुरा बली चढाउने मानिसको दिनभरि उत्तिकै भीड रहेको थियो । नेपाली तथा भारतीय दर्शनार्थी नागरिक हजारौँको संख्यामा पूजा हेर्न, भाकल गर्न तथा आफ्नो मनोकांक्षा पूरा गर्ने मनोभावना लिएर माता राजदेवीको दर्शन गर्ने मानिसको निकै ठूलो घुइँचो लागेको थियो ।

राजदेवी पञ्चावती संरक्षण विकास समिति ढोढनाका अनुसार १६ हजार बोका, पाठा, अनगिन्ती परेवा, कुखुरा, हाँसको बलि चढाइनुका साथै नगद रु २२ लाख, २५ तोला चाँदी र पाँच तोला सुनसमेत माता संरक्षण विकास कोषमा आम्दानी भएको कुरा लहान नपा वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए ।