देश

मोदी भन्दा अगाडी उनका कान्छो भाई प्रल्हाद मोदी जनकपुर आए

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बिषय अहिले चर्चामा छ । मोदी बैशाख २८ गते नेपाल आउदैँछन् । मोदी भारतको पटनाबाट सिधै नेपाल आउने कार्यक्रम रहेको छ । सुरक्षा व्यवस्थापनि कडा पारीएको गृहमन्त्रालयले जनाईसकेको छ ।

तर मोदीका कान्छो भाई प्रल्हाद मोदीले जनकपुरको भ्रमण गरिसकेको समाचार प्रकाशमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेका बेला उनी नेपाल आएका जानकारीमा आएको हो ।