प्रवास

नेपाली चेलीलाई सामूहिक दुर्व्यबहारछि मारेर फाल्ने योजना भयो यसरी फेल !

काठमाडौं । ओमान एक नेपाली चेलीमाथि यौन दुव्र्यवहार भएको छ । वैदेशिक रोजगारीका शिलशिलामा ओमान पुगेकी उनीमाथि सामूहिक यौन दुव्र्यवहार भएको खुलेको हो । ओमानस्थित नेपाली दुतावासले जनाएअनुसार गएको शुक्रबार ५ जना युवाको समूहले उनीमाथि अमर्यादित कार्य गरेको छ ।

युवतीलाई दुव्र्यवहारपछि मारेर फाल्ने योजना ती युवाको रहेको बुझिएको छ । उनीहरुको योजना थाहा पाएपछि युवतीले अट्याच्ड बाथरुममा लुकेर ज्यान बचाएको दुतावासले बतायो । बाथरुमभित्रैबाट उनले त्यहाँको प्रहरीलाई खबर गरेपछि उनलाई सकुशल उद्धार गरिएको छ भने ५ जनालाई नियन्त्रणमा लिईएको छ ।

बुटवलकी २९ बर्षीय ती युवती बुटबलकी २९ वर्षीया ती युवती भारतको नयाँदिल्ली, युएई हुँदै २०७३ माघ ३ मा मस्कटमा घरेलु कामदारको रुपमा पुगेकी थिइन् ।