राजनीति

प्रचण्डले पार्टी एकताको मिति नै तोके

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको मिति तोकेका छन् । श्रमिक दिवसका अवसरमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहाले पार्टी एकता बैशाख २२ गते अर्थात मे ५ तारिखका दिन हुने बताएका हुन् । सो दिन कार्ल माक्र्सको द्धवीशत बार्षिकी परेको छ ।

केही आन्तरिक बिषय मिल्न बाकी रहेको र ती बिषय एकदुई दिनभित्रै मिल्ने बताउदैँ दाहालले भने, एक दुई दिनभित्रै पार्टी एकताका लागि बाकी रहेका बिषय टुङग्याउछौँ र संसारको सबैभन्दा अग्लो चुचुरोबाट विश्व कम्युनिष्ट आन्दोलनको एकताको सन्देशको घोषणा गर्छौ ।