समाचार

छात्रावासको मापदण्ड तोकिनुपर्ने

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले समाजको विकास तथा राम्रा कार्यका लागि नपुग भएका कानूनलाई प्रक्रिया पु¥याएर अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल होस्टल एशोसिएसनको छैटौँ वार्षिकोत्सवका उपलक्ष्यमा आज आयोजित पदयात्राको शुभारम्भ गर्दै मन्त्री तामाङले आगामी असोजभित्र ११४ कानून निर्माण गर्नुपर्ने बताए ।

एशोसिएसनका अध्यक्ष चेतबहादुर दाहाल र महासचिव गोविन्द गिरीले छात्रावास व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले आवश्यक पूर्वाधारलगायत मापदण्ड तोक्नुपर्ने बताए ।

अहिले काठमाडौँ उपत्यकामा करीब ६०० छात्रावास छन् । त्यहाँ बस्ने विद्यार्थीलाई निश्चित रकमका आधारमा खान, बस्नलगायत सुविधा उपलब्ध गराइएको बताइएको छ ।