स्वास्थ्य

उपेन्द्र देवकोटालाई ५ महिनापछि नेपाल ल्याइयो

काठमाडौंं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई ५ महिनापछि नेपाल ल्याईएको छ । बेलायतस्थित किङ्स कलेज हस्पिटलमा उपचारपछि नेपाल ल्याइएको हो।

डा. देवकोटाले थप उपचार नेपालमै गराउने ईच्छा व्यक्त गरेपछि नेपाल ल्याईएको बताईएको छ । अहिले उनको स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । ‘डा. देवकोटाको उपचार यसै अस्पतालमा सघन रुपमा चलिरहेको छ,’ अस्पतालले भनेको छ । राजधानीस्थित बाँसबारीस्थित न्यूरो अस्पतालमा देवकोटाको थप उपचार भइरहेको छ ।