उर्जा

‘हरेक घर पावर हाउस’ योजनाबारे रसुवा पुगेर कुलमानले के भने ?

रसुवा । हरेक घर पावर हाउस योजना कार्यान्वयन चरणमा रहेको नेपाल विद्युत प्राधिकणका निर्देशक कुलमान घिसिङले बताएका छन् । रसुवामा निर्माणाधिन पावर हाउसहरुको मंगलबार स्थलगत निरीक्षण गर्दै घिसिङले ययस्तो बताएका हुन् ।

यो योजना पूर्णरुपमा कार्यान्वयनमा आएमा प्रत्येक घरले बिजुली बेचेरै देश आत्मनिर्भर बन्ने बताउदै निर्देशक घिसिङले भने, ‘यसका लागि हरेक घरमा कम्तिमा पाँच किलोवाटको सोलार जडान गर्नुपर्ने हुन्छ । दिउँसको समयमा उत्पादन भएको सौर्य ऊर्जा प्राधिकरणको प्रशारण लाइनमा जोड्ने र बेलुकीको समयमा प्राधिकरणबाट प्रत्येक घरले बिजुली लिन सक्नेछन् ।’ उनले अगाडी भने( ‘यो करिब पाँचरछ लाखमा जडान गर्न सकिने हुँदा सस्तो पनि रहेको छ ।’

घिसिङले सोलार जलविद्युत उत्पादन योजना कम श्रम र खर्चमा सम्पन्न गर्न सकिने योजना भएकाले उक्त योजना पनि कार्यान्वयनमा ल्याउन लागेको बताए । बिजुली उत्पादन सोलार जलविद्युतको सहायक माध्यम हो, उनले भने, कम खर्चमा र छोटो समयमा नै उत्पादन गर्न सकिने हुँदा प्राधिकरणले प्रत्येक वर्ष १०र१० मेगावाटको सोलार प्लान्ट थप्दै जाने योजना हामीले बनाएका छौ ।