देश

हावाबाट विजुली निकाल्छु भन्दा उडाउनेलाई प्रधानमन्त्रीको दनक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब पानी, घाम र हावा सबैबाट बिद्युत उत्पादन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला पुगेका ओलीले अहिले मुलुकमा विद्युत उत्पादन बढाउनुपर्ने औल्याएका हुन् ।

आफूले हावाबाट विजुली निकाल्ने भन्दा धेरै मानिसले आफूलाई उडाएको भन्दै प्रधानमन्त्री ओलीले भने, हिमाली भेग, अग्ला ठाउामा हावाबाट पनि विजुली निकाल्न सकिन्छ’ ‘केही केही मान्छेहरुले अब त हो रहेछ भन्न थालेका छन् । प्रधानमन्त्रीले अघि भने पहिले सुनेकै रहेनछन् । हावाबाट विजुली निकाल्ने भन्दा असाध्यै रमाइलो माने ।’