देश

मोदीको नेपाल भ्रमणबारे गृहमन्त्रीले गरे यस्तो खुलासा !

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण बारे बोल्दै मोदी पटनाबाट सिधै जनकपुर आउने बताएका छन् । हेलिकोप्टरमार्फत मोदी जनपुर उत्रेपछि त्यहाँ प्रधामन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको गृहमन्त्री थापाले बताएका हुन् ।

गृहमन्त्री थापाले आज बोल्दै भनेका छन् ‘ भारतीय प्रधानमन्त्री जनकपुर आउनुहुन्छ, त्यसपछि काठमाडौं गएर मुक्तिनाथ जानु हुन्छ,’

यसैबीच, गृहमन्त्री थापाले मोृदीको आसन्न नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताएका छन् । मंगलबार जनकपुुर पुगेका गृहमन्त्री थापाले सञ्चारमनत्रीहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले मोदी नेपाल आईपुग्ने दिन प्रधानमन्त्री ओली पनि जनकपुरधाम आउने बताए । उनका अनुसार मोदीको नेपाल भ्रमणका समयमा कुनै राजनीतिक सम्झौताहरु भने हुने छैन् । मोदी नेपाल आउने भएपछि सुरक्षा प्रबन्ध पनि कडा पारिएको उनले जानकारी दिए ।