देश

युवक बेहुली बनेको सबैले थाहा पाएपछि भयो यस्तो !

धनकुटा, वैशाख १८ । युवक र युवतीबीच विवाह हुनु सामान्य कुरा हो तर, युवकले युवतीको भेष बदलेर युवकसँगै विवाह गरेको घटनालाई भने सामान्य रुपमा लिन सकिन्न ।

धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकास्थित छिन्ताङमा यस्तै खालको असामान्य घटना भएको छ । ठग्ने उद्देश्यले युवतीको छद्मभेष धारण गरेर एक युवकले अर्का युवकसँग विवाह गरेको घटना सार्वजनिक भएपछि गाउँले आश्चर्यचकित भएका छन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ वर्षीय राजकुमार राईले युवतीको भेष बदलेर छिन्ताङ मूलधावाका २७ वर्षीय विपीन राईसँग विवाह गरेका हुन् ।

हेर्दा युवतीजस्तो देखिने ती युवकले नाटकीय शैलीमा ठगी गरेको पाइएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।

विपीन वैदेशिक रोजगारीका लागि भारतमा भएका बेला फेसबुकमार्फत उनीहरुबीच चिनजान भएको थियो । राजकुमारले युवतीजस्तो बनेर विपीनसँग सम्बन्ध विस्तार गरे । विपीन स्वदेश फर्किएपछि उनीहरुले भागी विवाह गरेका हुन् । –राजधानी दैनिकबाट