राजनीति

नेबिसंघमा स्पष्ट ३ वटा गुट, अध्यक्ष महर र माहामन्त्री काफ्लेले बोलाए छुट्टै बैठक

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थी संघभित्र चर्को बिबाद देखिएको छ । अध्यक्ष महरले बैसाख २८ र २९ गतेको लागी केन्द्रीय समिति बैठक बोलाईरहेका बेला उक्त संस्थाका माहासचिब कुन्दनराज काफ्लेले बैसाख २० गतेको लागी बैठक बोलाएका छन् । अध्यक्ष महर सभापति देउवा पक्षबाट अध्यक्षमा निर्बाचित भएका थिए भने माहासचिब काफ्ले पूर्बमहामन्त्री कृष्ण प्रसाद सिटौला पक्षबाट माहामनत्री जितेका थिए । रामचन्द्र पौडेल पक्षबाट अध्यक्षमा निर्बाचन लडेका मनोजमणी आचार्यको समूहले अध्यक्ष महर बिधानबमोजिम चल्न नसकेको भन्दै पत्रकार सम्मेलन गरेर नै बिरोध गरेका थिए ।

नेपाली काँग्रेसका भातृसंस्थाहरु मध्ये सबैभन्दा तगडा रुपमा हेरिएको नेबिसंघभित्र बिबाद भएपनि अर्को भातृसंस्था तरुण दलले भने देशभर आफ्ना कार्यक्रमहरु गरिरहेको छ । नेपाली काँग्रेस पार्टीभित्र देउवा, पौडेल र सिटौला पक्षको समूहमा बिबाद भएपनि उक्त बिाबाद भातृसंस्थामा पनि देखिएको छ । बिगतका निर्बाचनमा भएको हारबाट गुट उपगुट भत्काउनुपर्छ भनेर भाषण गरेपनि नेताहरुमा पार्टीभित्र मिलन हुने सम्भाबना देखिदैनन् ।
नेबिसंघमा अहिले नै ३ वटा गुट देखिएका छन्, भित्रभित्रै दर्जनौ उपगुट भएका नेबिसंघका एक केन्द्रीय सदस्यले बताए । यसरी आफ्नो भिजन, शैक्षिक, स्वास्थ्य क्षेत्रको उन्नतीको लागी काम गर्नु भन्दा आफू प्रोपोगाण्डा अपनाएर नेतृत्व हात पार्ने ध्याउन्नमा देखिएको नीत बिद्यार्थी नेताले बताए ।