देश

सल्लाको रुख ढाल्ने क्रममा ज्यान गयो

काठमाडौं । सल्लाको रुख ढाल्ने क्रममा रुखले च्यापेर गुल्मीमा एकजनाको ज्यान गएको छ । बझाङ पाथीभरा गाउँपालिका–७ घर भएका ३१ बर्षीय धन बहादुर बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।

बोहोरा मुसिकोट नगरपालिका–१ समुन्द्रे भन्ने स्थानमा काठको काम गर्ने गर्दै आएका थिए ।