देश

एकैपटक नेपाल प्रहरीका ७ एसपीको सरुवा

काठमाडौं । एकैपटक नेपाल प्रहरीका ७ जना एसपीको काज सरुवा भएको छ ।

सरुवा हुने प्रहरी उपरीक्षक (एसपी) हरुमा लोकेन्द्र श्रेष्ठ, दानबहादुर कार्की, राजन अधिकारी, जीवन श्रेष्ठ, डम्बरबहादुर विक, शेखर कोइराला र ध्रुवराज राउत रहेका छन् ।

उनीहरुलाई क्रमशः मकवानपुर, कञ्चनपुर, सुनसरी, सिरहा, धादिङ, ट्राफिक निर्देशनालय, अनुसन्धान विभागमा काजमा पठाईएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

३३ किलो सुन प्रकरण लगायत कारण देखाएर उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको भनाई छ ।