समाचार

नेपाल टेलिभिजनमा नयाँ कर्मचारी युनियन

काठमाडौँ । नेपाल टेलिभिजनमा कार्यरत कर्मचारीहरुको हकहितका लागि नेपाल टेलिभिजन कर्मचारी युनियन स्थापना गरिएको छ ।

यसअघि एउटै कर्मचारी संघ रहेको टेलिभिजनमा दोस्रो संगठनका रुपमा हालै बाग्मती श्रम कार्यालयमा सो युनियनको दर्ता भएको हो । सार्वजनिक संस्था कर्मचारी संगठनमातहतको सो युनियनको अध्यक्षमा सुरेन्द्रबहादुर बस्नेत रहेका छन् ।

युनियनको उपाध्यक्षमा शोभा श्रेष्ठ, महासचिवमा नरेश गिरी, कोषाध्यक्षमा प्रदीप बस्नेत, सचिवमा रामकिसुन महतो र उमा धिमाल, सदस्यहरुमा हरि श्रेष्ठ, खिलकराज खड्का र अशोक बस्नेत रहेका छन् ।