शिक्षा

वनमन्त्रीले पार्टी एकताबारे बिद्यार्थीलाई दिए यस्तो निर्देशन !

काठमाडौं । वन तथा वाताबरणमन्त्री शक्ति बहादुर बस्नेतले पार्टी एकताबारे बिद्यार्थी नेतृत्वलाई निर्देशन दिएका छन् । सोमबार अखिल (क्रान्तकारी) त्रिभुवन विश्वबिध्यालय समितिको छैठौं सम्मेलनको उद्घाटन उद्घाटन गर्दै बिद्यार्थी नेतृत्वलाई जनजिबिका र शैक्षिक गुणस्तर लगायतका सवालमा खरो रुपमा उत्रन निर्देशन दिएका हुन् ।

बिद्यार्थी नेतृत्वबाट उनले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन बारे रचनात्मक सुझावको समेत अपेक्षा गरेका छन् ।

माओवादी र एमालेको पार्टी एकताबारे बोल्दै मन्त्री बस्नेतले दुवै पार्टी एकअर्कामा विलय हुने समाचार बारे टिप्पणी गरेका छन् । बस्नेतले वाम एकता माओवादी आन्दोलन र जनयुद्धको पुर्ण सम्मान गरेर मात्रै हुने भन्दै मन्त्री बस्नेतले भने, ‘लामो छलफल पछि हामी एकताको निकै नजिक पुगेका छौं । एकताका लागि अन्तिम चरणको मेहनत गरिराखेका छौं ।’