देश

गेष्ट हाउसबाट १६ युवायुवती आपत्तीजनक अवस्थामा पक्राउ

काठमाडौ । १६ जना युवाययुवती आपत्तीजनक अवस्थामा पक्राउ परेका छन् । उनीहरुलाई भरतपुर महानगरपालिकाको आगन्तुक गेष्टहाउसबाट नियन्त्रणमा लिईएको हो ।

महानगरको वडा नं. २ स्थित गेष्ट हाउसबाट ८ युवा र ८ युवती गरी १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अनैतिक क्रियाकलापमा संलग्न भएको शंकामा उक्त युवायुवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो ।