अन्तर्राष्ट्रिय

आलोचना भइरहेका बेला गृहमन्त्रीले दिए राजिनामा

लन्डन, वैशाख १७ । बेलायती गृहमन्त्री एम्बर रडले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

क्यारेबियन क्षेत्रका आप्रवासीलाई बेलायत सरकारले गरेको व्यवहारलाई लिएर आलोचना भइरहेका बेला गृहमन्त्री रडले राजीनामा दिएकी हुन् । उनको राजीनामाले प्रधानमन्त्री टेरिजा मे सरकारलाई धक्का पुग्न सक्ने बताइएको छ ।

रडले बेलायतबाट बाहिर निकाल्नुपर्ने क्यारेबियाली क्षेत्रका आप्रवासीको सीमाबारे आफूले भुलवश सांसदहरूलाई सही जानकारी नदिएको स्वीकार गरेको बीबीसीले जनाएको छ । उनले कति संख्यामा क्यारेबियाली क्षेत्रका आप्रवासीलाई बेलायतबाट बाहिर निकाल्ने भन्ने विषयमा आफूलाई केही जानकारी नभएको बताएकी थिइन् । तर बेलायतबाट फिर्ता पठाउनुपर्ने आप्रवासीहरुको सीमा उनले नै निर्धारण गरेको तथ्य सार्वजनिक भएको थियो ।

गृह मन्त्रालयका अधिकारीहरूले बेलायतमा दशकौंदेखि बस्दै आएका क्यारेबियाली क्षेत्रका थुप्रै आप्रवासीलाई बेलायतबाट बाहिर निकाल्ने चेतावनी दिँदै आएका थिए । तिनीहरुलाई बेलायतबाट बाहिर निकाल्ने विषयमा मन्त्री रडले कुनै निर्णय गर्न सकेकी थिइनन् ।

पूर्वऊर्जामन्त्रीसमेत भइसकेकी रडले आफ्नो २१ महिने कार्यकालमा कुनै पनि महत्वपूर्ण निर्णय गर्न नसकेको भन्दै आलोचना भएको थियो । ९एजेन्सी०