समाचार

प्रधानमन्त्री ओली शान्ति ¥यालीमा सहभागी

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति ¥यालीमा सहभागी भएका छन् ।
लुम्बिनीबाट शुरु भएको शान्ति ¥यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी भएका थिए । ¥यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट आएका बौद्ध भिक्षु र बौद्ध विद्वानहरु,पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी थिए ।

त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गरेका थिए ।
आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आएका प्रधानमन्त्री आजनै काठमाडौँ फर्कने कार्यक्रम छ ।