राजनीति

एमाले र माओवादी केन्द्रका आन्तरिक काम ठप्प, यस्तो छ कारण !

काठमाडौं । एमाले–माओवादी केन्द्र दुवै पार्टीका आन्तरिक काम ‘ठप्पप्रायः’ भएको छ ।

पार्टी सदस्यता नवीकरणबाहेक अन्य सबै आन्तरिक काम दुवै पार्टीले रोकेका छन् । पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा आन्तरिक काम प्रभावित भएको दुवै पार्टीका नेताले बताएका छन् ।

असोज १७ मा चुनावी तालमेल गर्दै चुनावलगत्तै पार्टी एकता गर्ने एमाले–माओवादीले घोषणा गरेयता यी दुवै पार्टीको आन्तरिक काम प्रभावित हुन थालेको हो ।

अहिले दुवै पार्टीसँग संगठन मजबुत बनाउने, जनतासँग जोडिने जनमुखी कार्यक्रम र राजनीतिक अभियान निर्माण गर्नेलगायत कुनै पनि औपचारिक कार्यक्रम छैनन् । तर, कुनै पार्टी विशेषका नेता–कार्यकर्ताले पार्टी प्रवेश गर्न चाहे सामान्य कार्यक्रम गरी प्रवेश गराउने काममात्र हुँदै आएका छन् ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई केन्द्रीय सर्कुलरकै आधारमा अहिले एमालेले सदस्ूयता नवीकरणबाहेक अन्य काम स्थगन गरेको बताउँछन् ।

माओवादी केन्द्रको कार्यालयका मुख्यसचिव तथा पोलिटब्युरो सदस्य प्रह्लाद बुढाथोकी पनि आन्तरिक पार्टी काम ठप्पै भएको बताउँछन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट