राजनीति

मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको अध्यक्षमा पुनः अब्दुल सत्तार निर्वाचित भएका छन् ।

संघको वैशाख १५ र १६ मा काठमाडौँमा सम्पन्न दोस्रो महाधिवेशनबाट आइतबार राति सत्तारको नेतृत्वमा ५२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कूल ७५ कार्यसमिति रहने मुस्लिम संघमा बाँकी २३ जना मनोनीत गरिनेछ ।

संघको वरिष्ठ उपाध्यक्षमा मोहमद निजा मुद्दीन, उपाध्यक्ष रफिक मिया, फत्तेह मोहमद, अब्ताबुल अन्सारी, मोहमद जब्बादिन मिया, नुर मोहमद मिया, अकिल मिया, नजामुद्दीन अन्सारी, महिला उपाध्यक्षमा कौशर शाह, शाहीदा मिया र महासचिव मुत्तार अहमद निर्वाचित भएका छन् ।

यस्तै सचिवमा मोहमद सफिक मुसलमान, प्रवेज आलम, मोहमद कमरुद्दीन, जमिल अब्तर शेख, एकरामुल शेख, सराफद अलि, जमिला मिया, रहमदतुल्ला मिया, कोषाध्यक्ष मोहमद जुनैद र सहकोषाध्यक्ष राजेन मिया निर्वाचित भएका छन् । यस्तै ३० सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् ।

४३ जिल्लामा संगठन रहेको संघमा ४१ जिल्लाका झण्डै ५०० प्रतिनिधिको सहभागिता रहेको थियो । नवनिर्वाचित अध्यक्ष सत्तारले रासससँग कुरा गर्दै राजनीतिक तहमा मुस्लिमको प्रतिनिधित्व गराउन आफ्नो कार्यकालले पहल गर्ने बताए । उनले आफ्नो कार्यकालमा मुस्लिम संघलाई ७५ वटै जिल्लामा विस्तार गरेर पार्टीलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।