पर्यटन/संस्कृति

अपांगता भएका व्यक्तिलाई लक्षित गरी आश्रम स्थापना

नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा अपांगता भएका व्यक्तिलाई लक्षित गरी आश्रम स्थापना गरिएको छ ।

देशका कुनै पनि ठाउँमा रहेका अपांगता भएका व्यक्तिले आश्रय लिन पाउने गरी कावासोती नगरपालिका–८ मा अपांगता आश्रम स्थापना गरिएको हो । मौलाकालिका अपांग सेवा संस्थाद्वारा सञ्चालित सो आश्रमबाट अपांगता भएका व्यक्तिलाई निकै सहजता हुने अपेक्षा गरिएको संस्थाका अध्यक्ष कृष्णकुमार रोक्काले बताए ।

कूल ५० जना क्षमताको आश्रमबाट शिक्षा, स्वास्थ्य, खानेपानीलगायत अन्य आधारभूत सेवामा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य संस्थाको रहेको छ ।

दम्राइ खोलामा पक्की पुल

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ३ र ४ (सर्दी)मा अवस्थित दम्राइ खोलामा पक्की पुल निर्माण शुरु भएको छ । रु तीन करोड ७९ लाख ३२ हजारको लागतमा निर्माणसम्म हुने उक्त पुल डोलिडारमार्फत निर्माण हुन लागेको हो । पुल नहुँदा वर्षामा सर्दीका बासिन्दाले अप्ठ्यारो पर्ने गरेकाले यो पुल निर्माणसँगै सुत्केरी हुँदा अस्पताल पुग्न बिरामीलाई सहज हुने विश्वास लिएको छ ।

पुल निर्माणपश्चात सो गाउँपालिकाको वडा नं ३ र ४ (सर्दी) आसपास क्षेत्रका करीब १० हजार जनतालाई राहत मिल्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले जानकारी दिए ।