साहित्य

विटुको ‘मायाको मात’ विमोचित

काठमाडौँ । स्रष्टा विटु केसी बरालको ‘मायाको मात’ नामक मुक्तक संग्रह आज सार्वजनिक गरिएको छ । अमेरिकामा बस्दै आएकी स्रष्टा केसीको उक्त मुक्तक संग्रह आज यहाँ आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णु विभु घिमिरेले विमोचन गरे ।

उनले नेपाली साहित्यको फाँटमा मुक्तक विधाले अर्को कृति पाएको चर्चा गर्दै किताबले परदेश र स्वदेशको भावनालाई संग्रहित गरेको बताए ।

नेपाल मुक्तक प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार तथा समालोचकहरु डा लक्ष्मण गौतम, सनत वस्ती, गजलकार ज्ञानुवाकर पौडेल, किताबको लेखिका विटु केसीले मुक्तक विधामा सशक्त स्रष्टाको अभाव खट्किरहेको चर्चा गरे ।

कूल ६४ पृष्ठको उक्त मुक्तक संग्रहमा १२६ वटा मुक्तक समावेश गरिएको छ ।