खेलकुद

गाउँगाउँमा खेल पूर्वाधार: मन्त्री बिश्वकर्मा

बागलुङ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले गाउँगाउँमा खेल पूर्वाधार बनाइने बताउनुभएको छ ।

छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उनले खेलकुदको व्यावसायिक विकासका लागि पूर्वाधार आवश्यक पर्ने बताए ।

राससकर्मी पुरस्कृत

नेपाल पत्रकार महासंघ बागलुङमा स्थापित ‘नन्दहरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट रासस म्याग्दी समाचारदाता धु्रवसागर शर्मा पुरस्कृत भएका छन् ।

मन्त्री विश्वकर्माले रु १५ हजार १५५ राशिको उक्त पुरस्कार शर्मालाई हस्तान्तरण गरे । विसं २०६६ मा स्थापित पुरस्कारबाट हालसम्म धवलागिरि क्षेत्रका सात पत्रकार पुरस्कृत भइसकेका छन् ।