पु.समाचार

दिव्य हस्पिटालिटीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौँ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हिंत संरक्षण विभागले व्यवसाय दर्ता नवीकरण नगरेको भन्दै गुह्वेश्वरीमा रहेको दिव्य हस्पिटालिटी प्रालिलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले आज यहाँ गरेको अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण नभएको पाएपछि वडा कार्यालयको प्रमाणपत्र नवीकरण र कम्पनी रजिष्ट्रारको प्रबन्धपत्रको कागजातसहित सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको हो ।

त्यसैगरी बालाजु औद्योगिक क्षेत्रमा रहेको, बालाजु दुग्ध वितरण आयोजनालाई पनि प्रभावकारी रुपमा सरसफाइमा थप सुधार गर्न निर्देशन दिइयो दिइएको छ ।

दुग्ध विकास संस्थान र दुग्ध पदार्थ बिक्री वितरण आयोजना, लैनचौरलाई दहीमा ब्याच नम्बर राखी मात्र बिक्री वितरण गर्न निर्देशन दिँदै ५०० ग्रामको दुई प्याकेट दही परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइयो अनुगमन संयोजक दीपकराज पोखरेलले जानकारी दिए ।

विभागले पछिल्लो समय खाद्य, पानी, भवन निर्माणमा प्रयोग हुने सामग्री, विद्यालय, अस्पताललगायत क्षेत्रको अनुगमन गर्दै आएको छ ।