राजनीति

देउवा र पौडेल पक्षबीच जुट्यो समहती, महासमिति बैठकको डेट फिक्स

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र पार्टी वरिष्ठ नेता पौडेल बीच महासमिति बैठक भदौँमा गर्ने सहमती जुटेको छ । विधान मस्यौदा समिति बनाउने बारे पनि दुई पक्षबीच सहमती जुटेको हो ।

दुवै पक्षबीच सहमती जुटपछि महामन्त्री डा. शशांक कोइरालाले भने जेठमा जिल्ला सभापतिहरुको भेला र भदौमा महासमिति बैठक गर्ने प्रस्ताव पेश गर्ने तयारी गरेको स्रोतले बतायो ।

चुनावमा पार्टी हारको जिम्मा लिने भन्ने बारेमा भने दुवै पक्षबीच विवाद कायमै रहेको छ ।