स्वास्थ्य

सुर्ती र चुरोट सेवन गर्नेलाई सरकारबाट आयो दुःखको खबर !

काठमाडौं । सरकारले सुर्ती तथा सूर्तीजन्य पदार्थमा करको दर बढाउने भएको छ । सरकारले चुरोट तथा सुर्तीजन्य पदार्थको कर ७० प्रतिशत पुर्‍याउने तयारी गरेको हो।

सुर्तीजन्य पदार्थ तथा चुरोटमा २८ प्रतिशत लाग्दै आएको कर भारी मात्रामा वृद्धि गर्दै ७० प्रतिशत पुर्‍याउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनमा कमी ल्याउने उद्धेश्यले करको दर ह्वात्तै बढाउन लागिएको जानकारी दिईन् ।