विचित्र संसार

अक्षरबाटै थाहा पाउनुस् चरित्र कस्तो छ भनेर !

काठमाडौं । मानिसलाई आफनो नाम सर्वाधिक प्यारो लाग्छ । आफनो नाम अमर र उच्च राख्नका लागि श्रृष्टि कालदेखि नै मानिसले अनेकौं चुनौतीपूर्ण कार्य गर्दै आएको छ । ज्योतिष बिज्ञानले मानिसको नामबाट मनोबिज्ञान पढ्ने पद्धतिको बिकास गरेको छ ।

काठमाडौं । मानिसलाई आफनो नाम सर्वाधिक प्यारो लाग्छ । आफनो नाम अमर र उच्च राख्नका लागि श्रृष्टि कालदेखि नै मानिसले अनेकौं चुनौतीपूर्ण कार्य गर्दै आएको छ । ज्योतिष बिज्ञानले मानिसको नामबाट मनोबिज्ञान पढ्ने पद्धतिको बिकास गरेको छ । अर्थात तपाईको नाम कुन अक्षरबाट उठेको छ त्यो हेरेर आफ्नो चरित्र आफै छुट्याउन सक्नुहुन्छ ।

चु चे चो ला : यी अक्षरबाट नाम भएकाहरु राजकाजी, तेजश्वी, धार्मिक, लोकप्रिय, बुद्धिमान, चतुर, धनी, पशुबिशेषज्ञ , ब्यापारबाट लाभ, स्पष्टवादी, स्त्री कृपा पाउने, चरित्रवान र केही हदसम्म रिसाहा हुन्छन् ।

लि लु ले लो : ईश्वरभक्त, स्वार्थी, चतुर, सत्यबादी, बिजय गर्ने, निरोगी, भाग्यवादी, धनी, धेरै स्वाद रुचाउने, प्रयाशी, धेरै बिचार गर्ने, अस्थीर बुद्धि

अ इ उ ए : पाप धर्मको वास्ता नगर्ने, तेजश्वी, अधिक खाने, थोरै बोल्ने, आशाबादी, असल ब्यक्तित्व, क्रोधी, मुद्दा मामिला परिरहने,कामुक

ओ बा बि बु : पितृभक्त, दाता, गुणको कदर गर्ने, पवित्र भावना, सभ्य, मधुरभाषी, दृढ, प्रतीज्ञ, तीब्र स्मरणशक्ति, बौद्धिक कार्यमा अग्रसर, सदैव कार्यमा तत्पर रहने ।

बे बो क कौ : धैर्यशील, कुशलबक्ता, प्रेमी, उत्साही, सौम्य, प्रकृति, कोमल स्वभाव, बिबेकी, केही स्वार्थी, अभिमानी, धर्मात्मा, भावुक, भ्रमणशील, सामान्य धनी, चञ्चल, बिद्धान, बिदेशबाट लाभ, देशभक्त ।

कु ध छ : पापात्मासंग संगत नगर्ने, क्रोधी, शेखी गर्ने, ब्यभिचारी, नाशवान, धन उडाउने, चञ्चल प्रकृति, बलवान, सार्वजनिक काममा शक्ति खर्चने ।

के को ह ही : सुखी, सुशील, सन्तोषी, राजभक्त, तान्त्रिक बिचार भएको , परम्परावादी, प्राय रोगी, धेरै पानी पिउने, धार्मिक, स्वार्थी, मातृभक्त, पितृसेवक, परदेशबाट धम कमाउने ।

हु हे हो हा : कार्य कौशल, बुद्धिमान, दाता, ब्यापार रुचाउने, सत्यबक्ता, नेतृत्व गुण, शान्त स्वभाव, चतुर, ईश्वरभक्त, राजाबाट मान पाउने, दयालु, शासन ब्यबस्थामा संलग्न रहने ।

डि डु डे डो : छल बिद्या जान्ने, मुर्खतापूर्ण काम गर्ने, केही धुर्त, क्रोधी, स्त्री स्वभाव, अविश्वासी, दुराचारी, झुठ बोल्ने ।

म मी मु मे : भोगी, सत्यबादी, पितृभक्त, बिद्धान, अल्पशक्ति, योजनामा सफल, धनी उद्यमी, महिला सौन्दर्यमा रहने, धार्मिक, अभिमानी, शान्त, साहसी, अरुको डाहा गर्ने,झगडालु, गम्भीर तर क्रोधी ।

मो टा टी टु : पुण्यवान, दानबीर, भ्रमणशील, चञ्चल, त्यागी, स्त्रीवंश, नृत्यप्रेमी, असल काम गर्ने, स्थिर, मुद्दा मामिलामा समय खर्च गर्ने, आशाबादी, रोगी, गुप्त दुराचार गर्ने ।

टे टो प पी : लोकप्रिय, शिक्षा शास्त्री, ज्योतिषप्रेमी, अभिनेता, बुद्धिमान, अधिक सन्तान जन्माउन रुचाउने, मधुरभाषी, पत्नीसंग बेमेल ।

पु प ण ठ : निर्दयी, अविश्वासी, भ्रमणशील, निडर, शान्त, क्रोधी, बिज्ञानबादी, प्रभावशाली, झुठको खेती गर्ने, बिद्रोही स्वभाव, लक्ष्य साधक, राज्य सखी, आध्यात्मिक, शत्रुनाशक ।

पे पो रा री : दयालु, पराक्रमी, ब्यबसायी स्वभाव, लजालु, कलापारखी, अभ्यासी, महेनती, दक्ष, रिसाहा, स्त्री प्रेमी, लामो आयु ।

रु रे रा ता : शुभ, बिद्धताको कदर गर्ने, नियन्त्रक, धर्मात्मा, नेतृत्व गुणले भरिपुर्ण, प्रियभाषी, सत्यबादी, राज्यद्धार मान प्राप्ती गर्ने, संधै प्रसन्न , धनी, स्वतन्त्र बिचार, हठी, तीब्र बिचार शक्तिले युक्त ।

ती तु ते तो : लोभी, कामुक, घमण्डी, क्रोधी अरुलाई दुख दिने, कलहप्रिय, ब्यबसायिक, बुद्धि, असत्यभाषी, स्त्रीको बशमा रहने, सुन्दर मुहार, प्रभावशाली ब्यक्तित्व, शक्तियुक्त ।

ना नी नु ने : सानैदेखि आत्मनिर्भर, भ्रमणशील, सुखी, शक्तिशाली, मान प्राप्ती, हास्य प्रिय, छली स्वभावको, स्वार्थी, क्लेश सहने ।

नो या यी यु : सन्तोषी, धार्मिक, न्यायी। स्त्री अशक्त, षडयन्त्रकारी, बनावटी, नाटककार, सुख देखाउने, सर्वेक्षणकारी, सस्तो लोकप्रियता कमाउने स्वभावको, दयालु, दानबीर ।

भू ध फा ढा : श्रेष्ठ, मित्रयुक्त, स्वाभिमानी, उपकारी, बिरोधीबाट डराउने,निरन्तर प्रगति गर्ने, प्रेमी, ईश्वरभक्त, क्रोधी, लोभी, अरुको इश्र्या गर्ने ।

भे भो ज जी : धार्मिक, बहुमित्र, कृतज्ञ, कुसंगतमा लाग्ने, बिद्धानको कदर गर्ने, सर्वप्रिय बन्न चाहने, बिनीत, शान्त स्वभाव, दृढ सकल्पमा रहने, लजालु, निर्दयी ।

जु जे जो खा : सन्तोषी, तीब्र स्वभावको, भाषण शक्ति भएको, उदार, लेखन शक्तियुक्त, लोकप्रिय, बिद्धतापूर्ण, धनी उच्चपदासिन, धार्मिक ।

खी खु खे खो : परोपकारी, सद्बिबेकी, भाषण शक्ति भएको, उदार लेखन, शक्तिलेयुक्त, लोकप्रिय, बिद्धतापूर्ण, धनी उच्च पदमा रहने, क्रोधी, रिसाहा, घमण्डी ।

गा गी गु गे : धनवान, संगीतप्रेमी, ठूलो परिवारको, प्रशिद्ध, उदार, रति , पिपासु, पत्नीद्धारा बिरोध, लोभी ।

गो सा सि सु : सत्यभाषी, साहसी, शान्त स्वभाव, अबिबेकी, निर्दयी, कठोर, कामुक, घमण्डी, कर्तब्यनिष्ठ, मेहेनती, इश्र्यालु ।

से सो सा दी : चतुर, धनी, लोभी, स्त्रीलाई धोका दिने, निर्लज्ज, धुर्त, भीरु, कमजोर, पापी, अज्ञात, शत्रुबाट डराउने । धोकेबाज, माता पितालाई आदर नगर्ने ।

दु थ झ गृ : कम बोल्ने, निरर्थक, कम कुरा गर्ने, साहसी, भावपूर्ण, कामुक, धनी, पापी, डाहा प्रवृतीको, कमजोर ।

दे दो च ची : सदाचारी, बिद्धान, साहसी, निरंकुश, लोकप्रिय, निष्ठावान, श्रद्धालु भक्तजन, निर्दयी, क्षमावान, पत्नीभक्त, बिद्धान । (एजेन्सीको सहयोगमा)